काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायमका साथै तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रीत भएको बताएका छन ।
राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले बुधबार काठमाडौंमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको उद्घाटन सत्रमा मन्त्री घिसिङले जेनजी आन्दोलनको भावना अनुसार मुलुकमा सुशासन कायम गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकार केन्द्रीत रहेको बताएका हुन । मन्त्री घिसिङले सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भइसकेकाले तोकिएको समयमा नै निर्वाचन हुने दावी गरे । लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको भन्दै छोटो समयमा नै जनतामा आशा जगाउनुपर्ने उनले बताए । मन्त्री घिसिङले राजनीतिक र व्यवस्था परिवर्तन गर्न पुराना राजनीतिक दल र नेता सफल भए पनि परिवर्तनपश्चात समृद्धिको नेतृत्व गर्न चुकेको जिकिर गरे । उनले संकटका अवस्थामा आफु मन्त्री बनेको भन्दै चूनौतिलाई अवसरमा बदल्ने गरि काम गर्ने बताए ।











