आजको मौसमः देशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ९ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन् ।
नरहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्