हाम्रो पार्टी नेपाललाई दल दर्ताको प्रमाणपत्र प्राप्त

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ८ मंसिर । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल दल निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ ।

सोमबार आयोगले हाम्रो पार्टी नेपाललाई दल दर्ताको औपचारिक प्रमाणपत्र हस्तान्तरण गरेको हो । आयोगमा २१६ नम्बरमा दर्ता भएको सो पार्टीको चूनाव चिन्ह गोलो घेराभित्र राम्रो जनाउने लाइक रहेको छ । दल दर्ताको प्रमाणपत्र लिनका लागि बाजागाजाका सहित आयोग पुग्नुभएका हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टी मजबुद राजनीतिक शक्तिको रुपमा उदाउने बताउनुभयो ।

राजनीतिक कोर्श र देशलाई सहि ढंगले दिशानिर्देश गर्दै पार्टीले आफ्नो गतिविधि अघि बढाउने उहाले बताउनुभयो । सुनारले मुलुक नयाँ राजनीतिक परिवेशमा अघि बढेको र निर्वाचनमय भएको अवस्थामा नयाँ दलहरु दर्ता हुनु स्वभाविक भएको जिकिर गर्नुभयो ।

धेरै शक्तिहरुको संघर्षपछि एउटा बलियो राजनीतिक शक्ति निर्माण हुने उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्