इन्डनेसियामा हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगिता खेल्न जाने महिला फुटबल टोलिलको विदाई

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ७ मंसिर । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेका हुन् । आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ । स्टार खेलाडी सावित्रा भण्डारी घाइते भएका कारण प्रतियोगितामा सहभागीता जनाउन नसक्ने मुख्य प्रशिक्षक नवीन न्यौपाने बताउनुभयो । सावित्राबिना नै नेपाली टोलीले आफूभन्दा बलियो चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको उहाले बताउनुभयो । एक हप्ताको प्रशिक्षणका क्रममा नेपाली टोली बलियो रुपमा खेल्नका लागि तयार देखिएको उहाको भनाइ छ ।

त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले त्रिदेशीय प्रतियोगितामा सावित्रा नभएपनि अन्य खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । इन्डनेसिया र चाइनिज ताइपेइसंगको खेलमा सवैको मनोवल समेत उच्च रहेकाले नजिता आफ्नो पक्षमा आउने उहाले बताउनुभयो

नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोलीसँग खेल्नेछ भने डिसेम्बर २ मा चाइनिज ताईपेइसँग खेल्ने तय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्