काठमाडौँ, ७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आवहान गरेको छ । राप्रपा सो बैठक मंगलबार बस्ने गरी आवहान गरेको हो ।
महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनबारे छलफल हुने बताइएको छ।
यस्तै, सो बैठकमा अध्यक्ष कमल थापाले पार्टीको भावी योजना र रणनीति प्रस्तुत गर्नेछन् ।











