प्रधानमन्त्रीले राजीनामा दिनुस्, दलबाट देश चल्ने होः महेश बस्नेत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ५ । नेकपा एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने बताएका छन्। एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन्।

उनले प्रधानमन्त्रीलाई फास्ट ट्र्याकबाट राजीनामा दिएर विधि र प्रक्रियाबाट देशलाई चलाउन गरी सरकार बन्नुपर्ने बताए।

उनले भने, ‘फास्ट ट्र्याकबाट सुशीला आमाले राजीनामा दिनुस्। विधि प्रक्रियाबाट देश चल्ने हो। दलबाट देश चल्ने हो। दलबाट बाहिरबाट राजनीति हुँदैन।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्