काठमाडौं, ४ मंसिर । ए डिभिजन फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि धर्ना दिएका छन् ।
एन्फा र क्लबबीच भएको सहमति पूरा गर्नुपर्ने, लिगको एक वर्षको साइकल पूरा गर्नुपर्ने एएफसी क्लब लाइसेन्स लागू गर्नुपर्ने लगायत माग राखेर ए डिभिजनका क्लबका प्रतिनिधिहरुले एन्फा गेट अगाडि धर्ना दिएका हुन् ।
एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ । तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन् ।












