काठमाडौं, ३ मंसिर। प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन आयोगमा दर्ता भएका दलका प्रतिनिधिहरुसँग निर्वाचनबारे छलफल गर्ने भएकी छन् । उक्त छलफल अपराह्न ४ बजे हुने छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने छ ।
आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि प्रधानमन्त्रीले सबैसँग संयुक्त छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेकी थिइन् । उनले जेनजीका प्रतिनिधिहरूसँग पनि छुट्टै छलफल गरेकी थिइन् ।











