काठमाडौं , कार्तिक २५ । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित एक समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रदेश प्रमुख कर्णले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतकाे उपस्थिति थियो ।











