देशभर मौसम सामान्य, केही हिमाली भूभागमा हल्का वर्षा–हिमपातको सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

महाशाखाले दिएको जानकारीअनुसार आज देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।

यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ। गण्डकी प्रदेशका उच्च भूभागका केही स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्