आज देखी नेपाल संवत् सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । आजदेखि नेपाल संवत् ११४६ सुरु भएको छ। नयाँ वर्षको रूपमा मनाइने यस मौलिक संवत्का अवसरमा देशभर विविध कार्यक्रमहरू आयोजना भइरहेका छन्।

नेपाल संवत्लाई विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा छ। विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाक्लो बसोबास रहेका स्थानहरूमा बाजागाजा, झाँकी, दीपावली, माङःखः ९नेवार भोज० र सांस्कृतिक प्रस्तुतिहरूका साथ पर्व उल्लासपूर्वक मनाइँदैछ।

नेपाल संवत् सुरु सन् ८८० ९वि।सं। ९३७ साल० मा शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरेर गरेका थिए। यो कार्य सामाजिक न्याय, समावेशिता र नागरिक उत्तरदायित्वको अद्वितीय उदाहरणको रूपमा चिनिन्छ।
त्यसैको स्मरणमा २०५६ सालको नयाँ वर्षमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूतिको मान दिइ घोषणा गरेका थिए।

नेपाल संवत्लाई नेपालको मौलिक संवत् मानिन्छ, जुन सरकारी, धार्मिक र सांस्कृतिक तहमा विशेष महत्व राख्दछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्