काठमाडौंको गौरीघाटमा महिलाको हत्या, हत्या आरोपमा श्रीमान् पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ असोज । काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या भएको छ ।

हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय तेन्जिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्