काठमाण्डौं, २६ असोज । जेन्जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने युवक खैरो हिरोइन सहित झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक वडा नम्बर ३ का १८ वर्षीया आदित्य लिम्बु रहेका छन् ।
उनले गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार खोसी भिडियो बनाएका थिए । उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो भाइरल बनेको थियो ।
नलाई खैरो हिरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए । उनले आदित्य सहित आठ जनाको गिरोह लागुऔषध खैरो हिरोइन ब्राउन सुगरसहित झापाबाट पक्राउ परेको जानकारी दिए ।











