विभिन्न राजमार्गमा अलपत्र यात्रुहरुलाई खाद्यान्न उपलव्ध गराउन स्थानिय प्रशासनको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १८ । सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन दिइएको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टले जानकारी दिए ।

अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्