आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १८ । आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव आनन्द काफ्लेले देशभरी भारी बर्षा भइरहेको र दशै मनाउन कर्मचारीदेखि सवै सरोकारवाला व्यक्ति घरमा रोकिएका कारण २ दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको नेपाल प्रेससँग बताए ।

सार्वजनिक विदा दिने निर्णय भइसकेकाले गृह मन्त्रालयले एकैछिनमा आइतबार र सोमबार गरेर २ दिन सार्वजनिक विदा दिएको सूचना मन्त्रालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्