राष्ट्रपति रामचन्द्र पौडेलले गरे शक्तिपीठको दर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १४ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा शक्तिपीठको दर्शन गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले मंगलबार नक्सालभगवती मन्दिर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभएको हो । राष्ट्र प्रमुखको हैसियतमा हरेक वर्ष राष्ट्रपतिले उपत्यकाकाविभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ ।

तर यस बर्ष राष्ट्रपति पौडेलले नक्सालभगवती मन्दिरको मात्रै दर्शन गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्