डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन मन्त्री कुलमानको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ ३० । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन्।

सोमबार सपथ लिएलगत्तै पद बहाली गरेका मन्त्री घिसिङले यो निर्णय लिएका हुन्। उनी प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए। यस क्रममा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बर्खास्त गरेको थियो।

तत्कालीन प्रधानमन्त्री अ‍ोलीले बर्खास्त गरेको करिब पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुल्न निर्देशन दिने निर्णय गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्