सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै पाँचखालबाट थप सेनाको टोली काठमाडौंमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २६ । सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं आइपुगेको छ ।
पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो । काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण नेपाली सेनाले सुरक्षा नेतृत्व हातमा लिएको थियो ।

अहिले पनि राजधानी लगायत देशभर निषेधाज्ञा चलिरहेको छ । यसैबीच सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै थप शक्ति परिचालनका लागि पाँचखाल तालिम केन्द्रबाट सेनाको टोली काठमाडौं पठाइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्