नेतृत्वविनाको जेनजीहरुविच सैनिक मुख्यालय अगाडी हानाहान, जेनजी आन्दोलन नै शंकास्पद बन्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २६ । नेतृत्वविहिन जेनजीहरु विच नै तनाव शुरु भएको छ । आज सैनिक मुख्यालय अगाडी जेनजीहरुविच हानाहान नै भएको छ । सामाजिक सञ्जालमा जेनजीका अलग(अलग समूह देखिएका छन् ।

यसैक्रममा सैनिक मुख्यालयमा भेला भएका युवाहरूबीच नै कुटाकुट भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेटाइखेदाइ भकुरिरहेका छन् । त्यहाँ रहेका हाम्रा सहकर्मीका अनुसार हर्क साम्पाङलाई बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङका समर्थकले कुटपिट गरेका हुन् ।

कसैले सुशीला कार्की, कसैले कुलमान, कसैले बालेन त कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् । जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ । आन्दोलन बिस्तारै तमासामा परिणत हुन थालेको भन्दै आलोचना र चिन्ता बढेको छ ।

कुनै संगठन, संरचना वा नेतृत्वको नाम नभएका यस्ता समूहको आधिकारितामाथि सेनाले प्रश्न उठाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्