काठमाडौं, भदौ २३ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने बताएका छन । ठुलो मानविय क्षतिपछि आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् ।
सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् ।











