जेनजी प्रर्दशनका कारण विराटनगरमा दुई दिन विद्यालय बन्द गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २३ । जेनजी आन्दोलन उग्र बनेपछि विराटनगरमा दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको छ । आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, सरोकारवालाहरूको बैठकले भोलि र पर्सि विद्यालय बन्द गर्ने निर्णय भएको हो । उनका अनुसार स्कुल भोलि मात्रै बिदा हुनेछ, प्लस टु पर्सिसम्म बिदा हुनेछ ।

‘विराटनगरमा सरोकारवालाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेको रहेछ, मलाई जानकारी आएको थियो,’ उनले भने । जेनजीको आन्दोलन उग्र बनेपछि प्याब्सन र हिसानले विद्यालय बन्दका लागि स्थानीय प्रशासनसँग पहल गरेका थिए ।

प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीका अनुसार मंगलबार र बुधबार २ दिन विराटनगरमा विद्यालय बिदा दिने हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्