जेन जी आन्दोलनका घाइतेलाई गोकर्णेश्वरले निशुल्क रगत र एम्बुलेन्स दिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २३ । जेन जी आन्दोलनमा घाइते भएका बिरामीहरूलाई गोकर्णेश्वर नगरपालिकाले निःशुल्क रगत र एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाले रक्तदान गरेर नेपाल मेडिकल कलेजको ब्लड बैंकमा जम्मा गरेको रगत घाइतेहरुको लागि निःशुल्क वितरण गर्ने निर्णय गरेको छ।

साथै गोकर्णेश्वर नगर अस्पतालबाट संचालित एम्बुलेन्स पनि निःशुल्क प्रयोग गर्न सक्ने नगरप्रमुख दिपक कुमार रिसालले जानकारी दिएका छन थप ब्लड उपलब्धताको लागि भोलि तत्काल रक्तदान कार्यक्रम पनि राख्ने भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्