सामाजिक प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २२ । सामाजिक प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

आइतबार पत्रकारहरुले काठमाडौंको माइतिघरमा सामाजिक प्लेटफर्म बन्दको विरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले जनताको मुख थुन्न पाइदैन, सञ्जाल बन्द, आवाज बन्द, लोकतन्त्र ह्याक हुदैछ, लोकतन्त्र व्याक हुँदैछ, सरकारको निर्णय फिर्ता गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो क्रममा पत्रकार अगुवाहरुले सामाजिक प्लेटफर्म बन्द गरेर सरकारले नागरिकको अधिकार हनन गरेको भन्दै तत्काल निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्