काठमाडौं, १९ भाद्र । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेसँगै खापुङ प्रहरीको ३२औँ आईजीपी बनेका हुन् ।
खापुङ ६९ दिन नेतृत्वमा रहनेछन्।











