रास्वपा नेता वदन भण्डारीमाथि कपनको प्रगति चोकमा आक्रमण

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति आक्रमण भएको छ । भण्डारीमथि ज्यान मार्ने उद्देश्यले कपनको प्रगति चोकमा आक्रमण भएको हो ।

हिजो बेलुका ८ः३० बजे अफिसबाट घर फर्कने क्रममा नम्बर प्लेट छोपिएको मोटरसाईकलमा आएका ३ जना व्यक्तिले भण्डारीमाथि रड प्रहार गरी घाइते बनाएका हुन् ।

रड प्रहारबाट आफ्नो टाउकोमा करिब दस टाँका लगाउनु परेको भण्डारीले जानकारी दिए ।

उनको गाडीमा समेत तोडफोड गरिएको छ। आक्रमण राजनीतिक रिसिबीले गरिएको उनले बताएका छन् ।

केही समय अगाडी नारी टिभीमा दिएको अन्तरवार्तालाई लिएर आफूलाई निरन्तर धम्की आइरहेको र केही दिनअघि कार्यालयमा समेत आएर आफ्नो बारेमा सोधपुछ गरिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्