सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ भदौं ।  देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन भएको छ ।

जाग नेपाली अभियानले काठमाडौंमा इम्बोस्ड नम्बर प्लेट विरुद्ध बुधबार प्रदर्शन गरेको हो । इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरुलाई नै प्रभावित पारिएको र अरबौं कमिशनको खेल भएको जाग नेपाली अभियानको भनाइ छ ।

जाग नेपालीका संयोजक दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने काम गर्न खोजिएकाले विरोध जनाएको बताए ।

उहाले इम्बोस्ड नम्बर प्लेट जडानका नाममा अरबौं भ्रष्टाचार भएको आरोप लगाए ।

प्रदर्शनमा सहभागीहरुले इम्बोस्ड नम्बर प्लेट खारेज गर, भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर, डेटा सुरक्षाको ग्यारेन्टी गर लगाएतका प्लेकार्ड देखाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्