राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० भदौ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज (मंगलबार हुँदैछ ।

मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि ४ बजेसम्म गर्न सकिने छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि (बुधबार) दिउँसो १ बजे निर्वाचन गर्ने तालिका रहेको छ ।

राज्य व्यवस्था समिति सभापतिको पद गत साउन २८ गते तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि खालि छ ।

रिक्त पदमा निर्वाचन हुन लागेको हो ।
समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्