रसुवागढी नाकाबाट साढे १४ हजार ईभी आयात

खबर बुक
  • ख-
  • ख+

२८ जेठ, काठमाडौं । नेपालको चीन सीमा जोड्ने रसुवागढी नाकाबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधन आयात १४ हजार ५०० नाघेको छ। विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन्।

आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो संख्यामा ती सवारीसाधन थन्किएका हुन्। 

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँचपास भइसकेर काठमाडौंतर्फ गइसकेका   छन्। 

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ताचप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्