काठमाडौं, २७ जेठ । टिभी रियालिटी शो ‘कमेडी दरबार’ मा ‘महाराजा’ को भूमिका निर्वाह गर्दै आएका प्रख्यात कमेडीयन मनोज गजुरेल एक महिनाका लागि युरोप टुरमा निस्किएका छन् । उनको अनुपस्थितमा निर्देशक प्रदीप भट्टराईलाई ‘गेस्ट महाराजा’ को रुपमा भित्र्याइएको छ ।
प्रदिपलाई कमेडी दरबारको सिजन २ को १० एपिसोडबाट देख्न पाइनेछ । उनले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर गेस्टकै रूपमा भएपनि बोलाएकोमा टीमप्रति आभार व्यक्त गरेका छन् ।
कमेडी दरबारकी निर्देशक श्रद्धा प्रसाईँले मनोज गजुरेलको युरोप टुरको समयमा प्रदीप भट्टराईलाई आफूहरूले निमन्त्रणा गरेको बताइन् ।











