रुपन्देही ५ (ख) मा जनमत पार्टीका गुप्ता विजयी

खबर बुक
  • ख-
  • ख+

बुटवल, ७ मंसिर । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् ।

पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रुपमा  घोषणा भने अझै गरेको छैन ।

गुप्ताले १२ हजार नाै सय ४१ मत ल्याएमा छन् भने खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । निर्वाचान क्षेत्र ५(क) मा एमालेका नेता तथा पूर्व सांसद भूमिश्वर ढकाल अगाडि छन् । रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे कांग्रेसका भरतकुमार शाहभन्दा फराकिलो मत अन्तरले अगाडि छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्