२४ जेठ,झापा ।अर्जुनधारा नगरपालिका–११ मा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ ।
नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
उनीहरु आज बिहान ८ बजे पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए ।












