काठमाडौं सोलुखुम्बुमा मतगणना सुरु भएको छ । सोमबार बेलुका सम्ममा संकलन गरिएको मतपेटिका आज साझ ५ बजेबाट गणना सुरु भएको हो ।
जिल्लामा आठ स्थानमा गणनाको कार्य हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीका अनुसार जिल्ला समन्वय समितीको समिक्षा हलमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको एकै साथ ४ स्थानमा र जिल्ला समन्वय समितिको हलमा २ वटै प्रदेशसभाको प्रत्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको गणना गरिने छ ।
यसरी गणना गरिदा आगामी ढिलोमा बिहीवार सम्ममा मत परिणाम आउने आकलन गरिएको छ ।











