प्राधिकरणको यथार्थ श्वेतपत्रमार्फत सार्वजनिक:ऊर्जामन्त्री खड्का

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वास्तविक आर्थिक अवस्था श्वेतपत्रमार्फत सार्वजनिक गरिएको बताएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्राधिकरण घाटामा गएको भन्ने विषयमा श्वेतपत्रको अध्ययन गर्न सुझाव दिए।

ूश्वेतपत्रमार्फत अहिलेको यथार्थ बाहिर ल्याइएको हो,ू मन्त्री खड्काले भने, ूअब छिट्टै प्राधिकरणको पछिल्लो वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्यांकन ९डिडिए० गराउने तयारी भइरहेको छ।ू

सांसदहरूले श्वेतपत्रमा टिप्पणी गरेका विषयमा प्रतिक्रिया दिँदै मन्त्री खड्काले सबै सांसदहरूलाई आफ्नो धारणा राख्न स्वतन्त्र रहेको बताए। साथै, उनले संसद शक्तिशाली संस्था भएकाले संसदीय समिति बनाएर थप छानबिन गर्नु उपयुक्त हुने धारणा पनि राखे।

मन्त्री खड्काले अब मुलुकमा लोडसेडिङ नहुने स्पष्ट गर्दै, ऊर्जा क्षेत्रमा सुधारको प्रक्रिया अगाडि बढिरहेको जानकारी पनि दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्