बाजुरा अपडेट : गोली लागेर घाइते भएका एक जनाको मृत्यु

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, ४ मंसिर

बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षमा पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।

उनका अनुसार कांग्रेस र एमालेका कार्यकर्ता विच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो । झडपमा सर्वसाधारण र प्रहरीसमेत घाइते भएको समाचार आए पनि पूर्ण विवरण नआएको सूचना अधिकारी रावलले बताए । झडपमा अन्य दुई जना घाइते भएका छन् ।

कर्मचारीले समानुपातिक मत हाल्ने बेलामा झडप भएका कारण मतपेटिका र कर्मचारी भने सुरक्षित रहेको एसएसपी रावले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्