सुनको मूल्य तोलामा ११ सयले वृद्धि

खबर बुक
  • ख-
  • ख+

१८ चैत, काठमाडौं ।  अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ।

गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो पनि बढेको थियो। आज फेरि नयाँ उचाइमा पुगेको छ।आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा ११ सय बढेर एक लाख ७७ हजार ९ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला  १० बढेर दुई हजार ३५ रुपैयाँ पुगेको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्