कुलमानको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेशी 

खबर बुक
  • ख-
  • ख+

१७ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक विवादको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा पेशी तोकिएको छ। प्रधानन्यायाधीश राउत र शारङगा सुवेदीको इजलासमा पेशी (घ) नम्बरमा तोकिएको छ। 

यसअघि शुक्रबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्विकार गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विपक्षीसँग लिखित जवाफ माग गरेको थियो। सर्वोच्च अदालतमा परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको थियो। न्यायाधीश अब्दुल अजिज मुसलाानको इजलासले आजलाई पेशी तोक्दै यस्तो आदेश गरेको थियो। सर्वोच्चमा कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए। 

न्यायाधीश  मुसलमानको इजलासले शुक्रबार दुवै पक्षको भनाइ सुनेपछि सरकारका तर्फबाट लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। रिट निवेदकहरूले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा गएका थिए। 

अदालतले विपक्षी पक्षलाई आवश्यक कागजातसहित लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। साथै, आगामी सुनुवाईका लागि मिति तोक्दै अदालतले कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार अब सरकारका सम्बन्धित निकायहरूले कानुनी आधारमा आफ्नो बचाउ प्रस्तुत गर्नुपर्नेछ। यो मुद्दाले सरकारको नीतिगत निर्णय र यसको कार्यान्वयन प्रक्रियामाथि थप बहस निम्त्याउने देखिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्