तीनकुने प्रदर्शनको समीक्षा गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

दिउँसो २ बजेका लागि पार्टी कार्यालय धुम्बाराईमा बोलाइएको कार्यसम्पादन समितिको बैठकमा राजा फर्काउनका लागि शुक्रबार भएको आन्दोलनको समीक्षा हुने बताइएको छ । 

राप्रपाका एक पदाधिकारीका अनुसार बैठकमा पार्टीको सहभागिता, आन्दोलनको स्वरूप, आन्दोलनका क्रममा भएका गतिविधि र त्यसमा संलग्नहरूको पहिचान, सरकारले आन्दोलनलाई गरेको व्यवहार र क्षतिको विषयमा समीक्षा हुनेछ ।

ती पदाधिकारीका अनुसार पार्टीका सबै नेताहरूको आन्दोलनमा सक्रिय सहभागिता नभएको विषयमा पनि छलफल हुनेछ । अब राप्रपाले यो आन्दोलन आफै हाँक्ने वा यस्तै गतिविधिहरूबाट आन्दोलनलाई समाप्तिको बाटोतर्फ जान दिने भन्ने विषयमा पनि बैठकमा छलफल हुने ती पदाधिकारीले जानकारी दिए । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्