सर्वोच्चमा कुलमान र हितेन्द्रदेव दुवैको पेशी एकसाथ तोकियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र १४ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा भोलि (शुक्रबार) पेशी तोकिएको छ। 

शाक्यले सर्वोच्च अदालतमा बिहीबार साढे ३ वर्ष पुरानो मुद्दाको टुंगो लगाउन माग गर्दै रिट दायर गरेका थिए। शाक्यका पक्षबाट आएका कानुन व्यावसायीले आज दिउँसो रिट दायर गरेको हो।

यसअघि आजै कुलमान घिसिङले आफ्नो बर्खास्ती गैरकानुनी भएको दाबी गर्दै रिट दायर गरेका थिए। लगत्तै शाक्यले आफ्नो पुरानो मुद्दा टुंग्याउन माग गर्दै रिट दायर गरेका हुन्। सर्वोच्चले कुलमान र हितेन्द्रदेव दुवै जनाको रिटमा शुक्रबार पेशी तोकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्