प्रतिनिधिसभा बैठक २ बजेलाई सर्‍यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ चैत । बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजे बस्ने भएको छ ।

सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबीच अवरोध हटाउने विषयमा कुराकानी नमिल्दा बैठक २ बजे बस्नेगरी समय निर्धारण भएको छ ।

प्रतिपक्षले नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने अडान छाडेको छैन । यता सरकारपक्षले एउटा कर्मचारीको विषयमा जवाफ दिन जरुरी नभएको बताउँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्