लमजुङको दोर्दीमा पहिरोले चार घर विस्थापित, ६ घर उच्च जोखिममा

खबर बुक
  • ख-
  • ख+

लमजुङ, १६ भदौ । लमजुङको दोर्दी गाउँपालिका- ६ ढोडेनीमा पहिरोले चार घर विस्थापित भएको छ ।

बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको घर विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताए ।

उनका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जाेखिममा परेको छ ।

पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्