नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ मंसिर । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार (हिजो) पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा खरिद–बिक्री भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्