साढे सात वर्ष कैद गर्न माग गर्दै प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता

खबर बुक
  • ख-
  • ख+

 २७ मंसिर, काठमाडौं ।दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात वर्ष कैद गर्न माग गरिएको छ ।योभन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको हो ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा जम्मा गरेको भन्दै अफवाह फैलाएका थिए । उनको थुनछेक बहस आज हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्