२७ मंसिर, काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने सचिव गणेश साहले जानकारी दिए।
साहका अनुसार आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो। माओवादीले पुस ३ गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ ।