काठमाडौं , २५ मंसिर । नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुरूमा ब्याटिङ गर्ने भएको छ।
कर्णाली याक्सविरूद्ध टस जितेर पोखराले ब्याटिङ रोजेको हो। पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको छ।