कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।
कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।
आलमले २०६४ सालको संविधान सभा निर्वाचनका मानिसहरुलाई ज्यूँदै इटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।