१८ मंसिर, काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ खेलाएको अरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् । उनीहरूलाई सोमबारको खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबारको खेलमा बेटिङ गराएको आरोपमा अरू दुईजनालाई पक्राउ गरिएको सीआईबीका प्रमुख एवं एआईजी दीपक थापालेलाई जानकारी दिए ।
उनीहरूलाई कीर्तिपुरस्थित त्रिवि खेलमैदानबाटै पक्राउ गरिएको हो । उनीहरूविरुद्ध आज मुद्दा चलाउने तयारी गरिएको उनले बताए ।