सकिएन रवि लामिछानेको बयान, सोमबार पनि जारी रहने

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, मंसिर १६ । सहकारी ठगि प्रकरणमा रवि लामिछानेको बयान सोमबार पनि जारी रहने भएको छ।

काठमाडौंमा आइतबार लामिछानेको बयान नसकिएपछि सोमबारका लागि पनि लम्बिएको  सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ। 

लामिछानेलाई सोमबार बयान सकेर सोही दिन नै पोखरा पठाउने तयारी भइरहेको जनाइएका छ। रविले यसअघि गत शुक्रबार पनि बयान दिएका थिए। त्यसपछि बाँकी रहेका प्रश्नहरूको सामना रविले आज गरेका हुन्।

सहकारी ठगी मुद्दामा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका रविलाई अहिले ललितपुरको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धमा सोधपुछ भइरहेको हो।

यसअघि उनलाई बुटवल पुर्‍याएर फर्काइएको छ। त्यहाँ उनले सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी प्रश्नहरूको सामना गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्