रोल्पामा पुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

१६ मंसिर, काठमाडौं ।रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

सुनछहारी गाउँपालिका वडा नम्बर ३ स्थित गाम भन्ने स्थानमा झोलुङ्गे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको सोही गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले बताइन् । 

उनका अनुसार घटनामा दुई जना घाइते समेत भएका छन् । मृत्यु हुनेमा दुजमान परियार, ओम परियार, सुवित्रा परियार, आइती परियार र  देवीराम परियारको मृत्यु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्