उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो 

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं , १६ मंसिर । स्थानीय तह उपनिर्वाचनमा आइतबार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको बताइन् । 

स्थानीय तहमा रिक्त ४१ पदका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ । मतदान सकिएलगत्तै वडाहरूको मतगणना सुरु गर्ने तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्