‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव हुने

खबर बुक
  • ख-
  • ख+

१६ मंसिर, काठमाडौं ।दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ ।

मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जंगलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवका लागि मुन्दुम ट्रेलसँग जोडिएका वडाका वडाध्यक्ष, सामुदायिक वन महासंघ सम्मिलित कार्यदलले विस्तृत अध्ययन गरी योजना बनाउने र त्यसका आधारमा महोत्सवको समय निर्धारण गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्